काठमाडौं । मोदी खोलामा आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय गाउँ घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् ।  कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं ८ र १० को सीमा स्याउलीबजार नजिक मोदी खोलाले सडक बगाएपछि नयाँपुल–विरेठाँटी–घान्द्रुक सडकमा यातायात बन्द भएको हो ।

अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोला थुनिपछि आएको बाढीका कारण उर्लिएको मोदी खोलाले सडक बगाउँदा ग्रामीण पर्यटको केन्द्र घान्द्रुकसँगको सडक सम्पर्क टुटेको थियो । सडक बन्द हुँदा घान्द्रुक घुम्न गएका पर्यटक अलपत्र परेका छन् । पैदल यात्राका लागि समस्या नभए पनि सवारी साधनमा गएका पर्यटक घान्द्रुकमै रोकिएका हुन् । घान्द्रुक पर्यटन व्यवसायी समितिका अनुसार घान्द्रुक पुगेका ३०० जना पर्यटक अहिले सडक बगाएपछि रोकिनु परेको छ ।

मोटरसाइकल र स्कुटरमा गएका पर्यटकहरूलाई घान्द्रुकबाट–खुलिबाङ–मोहरिया–तमु हुँदै विरेठाँटी निस्कने कच्ची सडकबाट यात्रा गराउनका लागि अहिले बाटो मर्मतको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।

अन्नपूर्ण गाउँपालिका–११ मा पर्ने घान्द्रुक गाउँ अन्नपूर्ण आधार शिविर (एबिसी) र घोरेपानी–पुनहिल पदयात्राको प्रवेशद्वार पनि हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय