काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले राजिनामा दिएका छन् ।

काठमाडौं महानगरपालिकाका उपप्रमुखलाई बुझाइएको राजीनामापत्रमा नेपालको संविधान २०७२, स्थानीय सरकार सञ्चालन ऐन तथा काठमाडौं महानगरपालिकाको प्रचलित कानुनी व्यवस्था बमोजिम काठमाडौं महानगरपालिकाको नगर प्रमुखको पदबाट स्वेच्छाले राजीनामा पेश गरेको उल्लेख गरिएको छ ।

राजीनामा पत्रमा बालेनले पदमा रहँदा काठमाडौं महानगरपालिका र नगरबासीको हितमा सकेसम्म इमान्दारीपूर्वक कार्य गर्ने प्रयास गरेको उल्लेख गरेका छन् ।

उनले अबको दिनमा महानगरपालिकाको नेतृत्व, सेवा प्रवाह र विकास यात्रा थप प्रभावकारी, पारदर्शी र परिणाममुखी बनोस् भन्दै उपप्रमुख तथा नगर कार्यपालिकालाई सफलताको कामना समेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय