बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको रहस्यमय ढङ्गले मृत्युपछि तनाव भएको छ । आज मृतकका आफन्तले घटनाको छानविन माग गर्दै प्रदर्शन र तोडफोड गरेका हुन । तोडफोडपछि प्रहरीले स्थिती नियन्त्रणमा लिन लाठी चार्ज गर्नुका साथै हवाई फायर र अश्रुग्यास समेत प्रहार गरेको छ ।
झडपका क्रममा १७ जना घाईते भएका छन । घाइते हुनेमा सशस्त्र प्रहरीका सात, प्रहरीका तीन र बालगृहमा रहेका छ जना छन । तिमध्ये शंकर घर्ति लगायत केहीको अवस्था गम्भिर रहेको छ । घाइतेहरुको भक्तपुरका विभिन्न अस्पतालमा उपचार भैरहेको छ । बालगृहमा बस्दै आउनेहरुले लामो समयदेखि आफुहरुमाथि यातना दिने गरिएको प्रतिक्रिया दिएका छन ।



रामेछापको मन्थली नगरपालिका–३, कठजोरका कमल बस्नेतको आइतबार रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै आफन्तले आज प्रदर्शन गरेका हुन । आक्रमणपछि बालगृहमा रहेका केही बालक भागेका छन । सुधार गृहमा रहेका २ सय ५६ जनामध्ये १ सय ५० जना भागेका हुन । भागेकामध्ये ६० जनालाई प्रहरीले काठमाडौंका विभिन्न स्थानवाट नियन्त्रणमा लिएको छ । पीडितहरुले घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन ।
जिल्ला प्रहरी परिसर भक्तपुरले भने रामेछापबाट ०७७ जेठ २९ गते जबरजस्ती करणी मुद्दाका कारण सुधार गृहमा राखिएका बस्नेतको अचानक बेहोस भएपछि उपचारको क्रममा मृत्यु भएको जनाएको छ । घटनाको छानविन भैरहेको प्रहरीको भनाइ छ । घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।
https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470



