सम्भावित जोखिम न्यूनीकरणका लागि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र सिन्धुलीले बीपी राजमार्गमा साउन १ गतेबाट साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातीको समयमा निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाएको छ । दिनहूँ जस्तो राजमार्ग अवरुद्ध हुन थालेपछि असार ७ गते देखि साँझ ६:३० बजेदेखि बिहान ५ बजेसम्म रोकीदै आएको निजी तथा सार्वजनिक सवारी सम्भावित जोखिम न्यूनीकरणका लागि डेढ घण्टा आगाडीलाई सारीएको सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठले जानकारी दिए ।



बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोक र जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विज्ञप्ति जारी गर्दै रातीको समयमा निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाइएको हो । प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको बैठकले साउन १ गतेबाट साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म रातीको समयमा निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाउने सिन्धुलीलाई प्रस्ताव गरे अनुसार मंगलबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीले विज्ञप्ति निकालेर सहमति गरेको थियो ।

काभ्रेपलाञ्चोक सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार हाल देशमा मनसुन सक्रिय अवस्थामा रहेको हुँदा कुनै पनि समयमा वर्षातका कारण विपद् ९बाढी, पहिरो० को अवस्था सिर्जना हुन सक्ने भएकोले त्यस्ता विपद् जन्य घटनाबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न र यात्रुको सुरक्षाको लागि जिल्ला सुरक्षा समिति काभ्रेपलाञ्चोकको सुरक्षा बैठकको निर्णयानुसार वि।पि राजमार्गको काभ्रेभञ्ज्याङ्ग – भकुण्डेवेशी हुदै सिन्धुलीतर्फ जाने निजी तथा सार्वजनिक सवारी साउन १ गते साँझ ५ बजेदेखि विहान ५ बजे सम्म १ महिनाको लागि निषेध गरिएको जानकारी दिए ।
त्यस्तै जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले काभ्रेपलाञ्चोक प्रशासनलाई सम्बोधन गर्दै प्रकाशित सूचनामा साउन १ देखि १ महिना रातीको समयमा निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाइएको भनिएको छ । यस अघि काभ्रे, सिन्धुली र रामेछापका अन्तरजिल्ला सुरक्षा समन्वय समितिको सिन्धुलीको खुर्कोटमा बसेको बैठकले बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै असार ७ गते देखि बाढिपहिरोको जोखिमलाई मध्यनजर गर्दै रातीको समयमा निजी तथा सार्वजनिक सवारी चलाउन रोक लगाइएको थियो ।



