काठमाडौं । हवाई बुद्ध एयरका प्रमुख वीरेन्द्रबहादुर बस्नेतको नयाँ पार्टी ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । बस्नेत सहितका व्यक्तिहरूले स्थापना गरेको राजनीतिक दल ‘गतिशील लोकतान्त्रिक पार्टी’ ले मन्त्री, प्रधानमन्त्रीलगायतका सार्वजनिक पदमा एकै व्यक्तिले दुई कार्यकालभन्दा बढी प्रतिनिधित्व गर्न नपाउने नीति अघि सारेको छ ।

दलले २० प्रतिशतभन्दा कम जनमत प्राप्त गर्ने पार्टी सरकारमा सहभागी नहुने व्यवस्था पनि आफ्नो दस्तावेजमा समावेश गरेको छ । निर्वाचन आयोगमा बिहीबार दर्ता भएको उक्त दलले पार्टीको कार्यसमिति र सार्वजनिक पदमा जाने व्यक्तिहरू फरक हुने व्यवस्था गरेको छ । दलले लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित राजनीतिक अभ्यासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय