चीनको राजधानी बेइजिङमा भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । केही दिनदेखि परेको अविरल वर्षाका कारण यहाँ बाढीजस्तो अवस्था सिर्जना भएको छ, जसमा हालसम्म विस जनाको मृत्यु भइसकेको छ भने १९ जना बेपत्ता छन् । बेपत्ता भएकाहरुको खोजी कार्य व्यापक रुपमा भइरहेको छ । मिडिया रिपोर्टमा मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने दाबी गरिएको छ ।



भारी वर्षाका कारण रेलवे स्टेशनहरू बन्द गर्नुपरेको बताइएको छ । अलपत्र परेका रेल यात्रुहरूलाई तत्कालका लागि विद्यालयमा राखिएको छ। साथै, उनीहरूलाई सामग्री पु¥याउन सैन्य हेलिकप्टरहरू परिचालन गरिएको छ । बाढीको पानीले मानिसको घर भरिएको छ र हजारौं मानिस प्रभावित भएका छन् । उबेइजिङ र आसपासका क्षेत्रमा शनिबारदेखि भारी वर्षा सुरु भएको थियो । राजधानी बेइजिङमा सडकहरु खोला जस्तै देखिएका छन ।



