काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया)लाई संशोधन गर्न बनेको विधेयकप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा अध्यक्ष ढकालले कुनै बैंक वा वित्तीय संस्थाको प्रमोटरको नातेदारको कुनै एक जनाले अर्को निजी कम्पनीको १० प्रतिशत मात्र शेयर दियो भने ९० प्रतिशत अरु प्रमोटर भएको निजी कम्पनीले नै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नपाउने बाफिया अहिले ड्राफ्ट भइरहेको भन्दै असन्तुष्ट व्यक्त गर्नुभएको हो ।

उहाँले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) नागरिकबीच चर्चा कमाए पनि आत्मनिर्भर अर्थतन्त्र बनाउन सहयोग नपुग्ने उल्लेख गर्नुभयो । उद्योग धन्दा, प्रतिष्ठानहरुमा अहिले जति पनि छन् सबै नातेदार भन्दा बाहिरका व्यक्ति नभएको बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय