काठमाडौं । ब्राइट फ्यूचर माध्यमिक विद्यालयले प्राइमरी लेभलको चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । चन्द्रागिरि नगरपालिका वडा नं. १५ का अध्यक्ष तथा चन्द्रागिरि नगरपालिका शिक्षा तथा सामाजिक समितिका समितिका संयोजक घनश्याम लुइटेलले उद्घाटन गर्नुभएको कार्यक्रममा नगरपालिका भित्रका १४ वटा विद्यालयका ४६ जना छात्रछात्राले सहभागिता जनाएका थिए ।




प्रतियोगितामा जुनियरतर्फ रिब्स स्कुलका श्रीयुक्ता न्यौपानेले प्रथम स्थान प्राप्त गर्न सफल भएकी छिन् । यस्तै सिनियरतर्फ मदरल्याण्ड स्कुलका अनमोल श्रेष्ठ प्रथम स्थान हासिल गर्न सफल भएका छन् । प्रतियोगिताको निर्णायक भूमिकामा ललितकला क्याम्पसका प्राध्यापक महेश आचार्य र कमलेश महर्जन रहनुभएको थियो ।

यस्तै कवि, गितकार तथा साहित्यकार डा. नवराज लम्सालले कार्यक्रममा शुभकामना मन्तव्य राख्नुभएको थियो । प्रतियोगितामा ब्राइट फ्यूचर मा.वि.ले भने भाग लिएको थिएन ।



