काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहमा झडप र आगजनी भएको छ । मध्यपुर थिमि–२ सानोठिमीस्थित सुधारगृहमा गएराति दुई समूहबीच झडप भएको हो ।
झडपपछि आगजनी र तोडफोड भएको थिमि प्रहरी वृत्तले जनाएको छ । झडपमा संलग्न दुबै समूहले प्रहरी टोलीमाथि पनि ढुंगामुढा गरेका थियो । प्रहरीले झडप नियन्त्रणमा लिन नसकेपछि ५० जना सशस्त्र प्रहरीको टोली परिचालन गर्नुपरेको थियो । आक्रोशित समूहको आगजनीपछि भक्तपुर र काठमाडौंका दमकल प्रयोग गरी आगो निभाइएको थियो ।



घटनापछि क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । अहिले स्थिति नियन्त्रणमा आएको भएपनि बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् ।
सुधारगृहमा १४५ पुरुष र २४ महिला गरी १६९ जना राखिएका छन् ।



