काठमाडौं । यो वर्षको भाइटीकामा टीका लगाउने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ‘वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्ति पश्चिम फर्किँदा चन्द्रमा दाहिने पर्ने हुँदा दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनु पर्ने समितिले जनाएको हो ।

सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने परम्परा छ । आइतबार चन्द्रमा वृश्चिक राशिमा छ । शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्छ । चन्द्रमालाई अगाडि पार्ने क्रममा दाजुभाइ उत्तर फर्किँदा दिदीबहिनी दक्षिण फर्किएर टीका लगाउन नहुने भएकाले पूर्व–पश्चिम भएर टीका लगाउनु पर्नेछ ।

त्यसो त चन्द्रमा अगाडि पार्न दाजुभाइले उत्तर फर्किएर पनि टीका लगाउन सकिन्छ । तर यसो गर्दा दिदीबहिनी पूर्व फर्किनुपर्छ। दक्षिण भने फर्किनु हुँदैन । दक्षिण दिशा पितृकर्मका लागि मात्र उपर्युक्त मानिन्छ ।

त्यसो त शुभकार्यमा पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता पनि छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय