काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भाईटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आजको बैठकले यही कात्तिक १८ गते आइतबार बिहान ११ बजेर ३७ मिनेटमा भाईटीकाको साइत शुभ रहेको जनाएको हो ।

समितिले टीका लगाउँदा पश्चिम मोहडा गरेर भाईटीका लगाउन भनेको छ । नेवार समुदायले मनाउने किजापूजा पनि यही दिनमै गर्नुपर्ने जनाएको छ । यो वर्षको यमपञ्चक अर्थात् नेपालीको दोस्रो ठूलो चाड तिहार कात्तिक १३ गते मंगलबारदेखि सुरु हुँदैछ । मंलबार धनत्रयोदशी (धनतेरस) पर्व मनाइन्छ । यमदीपदान भने कात्तिक १४ गतेदेखि बुधबार परेको छ । कागतिहार बुधबार नै मनाउनुपर्ने समितिले जनाएको छ । आयुर्वेदका प्रवर्तक धन्वन्तरीजयन्ती पनि बुधबार नै मनाइन्छ ।

कुकुर तिहार, नरक चतुर्दशी, दीपमालिका र लक्ष्मीपूजा पनि कात्तिक १५ गते बिहीबार मनाउनुपर्छ । कात्तिक १६ गते शुक्रबार औँशी परेको छ । कात्तिक १७ गते शनिबार गाईगोरु पूजा, गोवर्द्धन पूजा, बलि पूजा, हलीतिहार, म्हपूजा र नेपाल संवत् ११४५ प्रारम्भ पनि परेको छ । यसैगरी कात्तिक २२ गते बिहीबार छठ पर्व परेको पनि समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय