काठमाडौं । भारतको हिमाञ्जल प्रदेशको कोटखाईमा पिकअप जीप दुर्घटनामा चार नेपालीसहित पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना घाइते भएका छन् ।
मृत्यु हुनेमा सल्यानको कुमाख गाउँपालिका–४ का ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीय लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्ट रहेका छन् । दुर्घटनामा भारतीय नागरिक चालक जोगिन्दर सिंहको मृत्युभएको भारतीय संचार माध्यमले जनाएका छन् ।



दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् । मृतक तीन जना एकै परिवारका छन् ।
चालकले नियन्त्रण गुमाउँदा जीप सडकबाट तल खसेको प्रारम्भिक अनुसन्धाले जनाएको छ । घाइते भएका दुई जनालाई उपचारपछि कोटखाई स्वास्थ्य केन्द्रबाट डिस्चार्ज गरिएको छ ।



