सप्तरीबाट भारततर्फ स्याउको तस्करी हुन लागेको आशंकामा ठूलो मात्रामा अवैध स्याउ प्रहरीले बरामद गरेको छ । विगतमा जिल्लाको विभिन्न नाकाबाट स्याउसहितका सामग्री भारत तर्फ तस्करी हुँदै आएकोमा पछिल्लो समय भने केहि कमी आएको थियो ।तर केही दिनयता बलान बिहुल गाँउपालिकाको बेल्ही नाकाबाट स्याउ तस्करी हुन थालेको भन्दै प्रहरीले पुन कडाइ गरेको हो ।

बुधबार राति मधेश प्रदेश प्रहरी कार्यालयको टोलीले पाएको गोप्य सूचनाका आधारमा बलानबिहुल गाउँपालिका ४ बेल्हीबाट ११ लाख रुपैयाँ बजार मूल्य पर्ने ३ सय ८५ कार्टुन स्याउ बरामद गर्दै नाकामा प्रहरीको निगरानी समेत बढाएको थियो ।विगतमा सप्तरीबाट सुन, सुपारी र स्याउ तथा मटर, मरिच र मदिरा तस्करीका घटना सार्वजनिक हुदै आएको थियो । यसअघि पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही लगायतका नाकाबाट स्याउ तस्करीका घटना सार्वजनिक हुदै आएको थियो ।

बुधबार राति प्रदेश प्रहरी कार्यालयको टोली आएपछि जिल्ला प्रहरी कार्यालयको टोलीसमेत बलानबिहुल ४ बेल्ही गाँउ पुगेको थियो । बेल्ही नेपाल भारत सीमामै पर्छ । स्थानीय सन्तोष यादवको घरमा स्याउ रहेको सूचना पाएपछि बुधबार राति नैपुगेको प्रहरीले घरधनी नभएपछि रातभर घरलाई घेरा हालेर बसेको थियो ।

बिहीबार बिहान सटर खोलेर उक्त ३ सय ८५ कार्टुन स्याउ नियन्त्रणमा लिइएको हो । विगतमा पनि भारततर्फ सामान तस्करी गराउने कार्यमा रोशन यादव संलग्न रहेको भन्दै प्रहरीले उनको घरमा रातभर निगरानी गरेको थियो ।स्थानीयहरूले भने स्थानीय प्रहरीकै संरक्षणमा स्याउ तस्करी हुने गरेको आरोप लगाएका छन् । लामो समयदेखि रोकिएको स्याउको तस्करी प्रहरीकै सेटिङुमा सप्तरीको बेल्ही नाकाबाट खुलाइएको स्थानीयहरूको आरोप छ ।

सप्तरीका प्रहरी प्रमुख एसपी नरेन्द्रकुमार कार्कीले ३ सय ८५ कार्टुन स्याउ नियन्त्रणमा लिएको पुष्टी गरे । तर प्रहरीकै संरक्षणमा स्याउको तस्करी हुने गरेको कुरा सत्य नरहेको एसपी कार्कीको दाबी छ । ‘विशेष सूचनापछि हामीले ३ सय ८५ कार्टुन स्याउ नियन्त्रणमा लिएका हौ,’ एसपी कार्कीले भने, ‘तर तस्करीमा प्रहरीको संलग्नता भन्ने कुरा सत्य न भएको उनको दावी छ ।

विगतमा सप्तरीबाट सुन, सुपारी र स्याउ तथा मटर, मरिच र मदिरा तस्करीका घटना सार्वजनिक हुदै आएको छ ।यसअघि पातो, छिन्नमस्ता, सोभरणपटी र बेल्ही लगायतका नाकाबाट स्याउ तस्करीका घटना सार्वजनिक भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय