काठमाडौं । भारतका विदेशमन्त्री डा. एस जयशंकर दुई दिने भ्रमणका लागि आज काठमाडौं आउँदैछन् ।

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदको निमन्त्रणामा भारतीय विदेशमन्त्री जयशंकर नेपाल आउन लागेका हुन् । नेपाल–भारत संयुक्त आयोगको सातौं बैठकमा भाग लिन उनी नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ । भारत–नेपाल संयुक्त आयोग सन् १९८७ मा स्थापना भएको हो । उक्त मञ्चमा दुवै देशले मन्त्रीस्तरमा द्विपक्षीय साझेदारीका सबै पक्षको समीक्षा गर्ने गर्दछन् । भ्रमणका क्रममा विदेशमन्त्री जयशंकरले शीर्ष नेताहरुसँग भेटघाट गर्ने कार्यक्रम छ ।

नेपाल भारतको ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत प्राथमिक साझेदार हो । दुई घनिष्ठ र मित्रवत् छिमेकीबीच उच्चस्तरीय भेटघाट आदानप्रदानको परम्परालाई ध्यानमा राख्दै यो भ्रमण हुन लागेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय