नक्कली भुटानी शरणार्थी प्रकरणमा पाटन उच्च अदालतमा आजलाई तोकिएको पेशी स्थगित भएको छ । निवेदकले नै पेशी स्थगित गरेको उच्च अदालतले जनाएको छ । भुटानी शरणार्थी प्रकरणमा २० जनाले उच्च अदालतमा जिल्ला अदालतको आदेशविरुद्ध पुनरावेदन गरेका छन् । नक्कली शरणार्थी प्रकरणमा सरकारी लिखत कीर्ते, ठगी, राज्यविरुद्ध कसुर र संगठित अपराध कसुरमा थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशको बदरको माग रिट निवेदकको छ ।
नेपाली कांग्रेसका नेता समेत रहेका बालकृष्ण खाण, एमालेका नेता समेत रहेका टोपबहादुर रायमाझी, नेपाल सरकारका निलम्बित सचिव टेकनारायण पाण्डले लगायत २० जनाले गएको साउन १२ देखि विभिन्न मितिमा दायर रिट निवेदनमा सुनुवाइ हुने भएको हो । हाल खाण, रायमाझी, पाण्डे, रायमाझीका पुत्र सन्दीप, इन्द्रजित राई, आङटावा शेर्पा, सानु भण्डारी, सन्देश शर्मा, टंककुमार गुरुङ, केशव दुलाल, नरेन्द्र केसी लगायत २३ जना थुनामा छन् ।






