लमजुङको मस्र्याङदी गाउँपालिका ८ भुलभुलेमा रहेको हामखोला झरनामा पर्यटकहरुको ओइरो लाग्ने गरेको छ । बर्खा लागेसगै झरनामा पानीको बहाव बढेर निकै सुन्दर देखिन थालेपछि युवायुवतीको उपस्थिती बाक्लो रहने गरेको छ ।



सदरमुकाम बेसीशहरबाट उत्तर तर्फ पर्ने मस्र्याङदी गाउँपालिकाको हामखोला झरनामा बाह्रैमास झर्ने गरेपनि वर्खालागे पछि निकै सुन्दर देखिन्छ । दैनिक रुपमा २⁄३ सयको हाराहारीमा आन्तरिक पर्यटक जानेआउने गरेपनि विषेश गरी विदाको दिनमा झरनामा पुगेर रमाउने पर्यटकको संख्या निकै बाक्लो देखिन्छ । दैनिक आन्तरिक पर्यटकको संख्यामा बृद्धी भएपछि त्यस क्षेत्रमा चल्ने यातायातलाई र होटल व्यवसाय पनि राम्रो चलेको व्यवसायीहरु बताउँछन् ।
अन्नपूर्ण पदमार्गको छेवैमा पर्ने हामखोला झरनामाले आन्तरिक तथा बाह्य पर्यटकलाई मोहित पार्ने गरेको छ । सदरमुकाम बेसीशहर देखि उत्तरी लमजुङ हुँदै मनाङसम्म पुग्ने सो सडक मस्र्याङदी गाउँपालिकाको भुलभुलेको सुरुङ मार्ग सम्म पिच गरिएको छ । बाटो पिच भएर सहज भएपछि अहिले दैनिक र विदाका दिनमा सयौंको संख्यामा युवायुवतीहरुको झरनामा लर्को लाग्ने गरेको छ ।
मस्र्याङदी गाउँपालिका भित्र आयोजना गरिएका यस्ता मेला महोत्सवले गाउँपालिकासँगै सिंगो जिल्लाको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने मस्र्याङदी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङको भनाई छ । प्राकृतिक सुन्दरताले निकै आकर्षक रहेको यस ठाउँलाई पर्यटकीय गन्तव्य बनाउन गाउँपालिकाको सहयोगमा भौतिक संरचनाहरु निर्माण गरिएका छन् । त्यस्तै झरनासम्म जाने बाटो, रेलिङ, मैदान लगायत निर्माण गरिएको छ भने, झरनाबाट बगेको पानीमा पौडिन चाहनेका लागि पोखरी बनाइएको छ ।



