सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोशी नदीमा गाडी खसेको आशंकामा क्रेनमा झुण्डिएर गाडीको खोजी गर्न थालिएको छ । शुक्रबार दिउँसो बाह्रबिसे नगरपालिका वडा नम्बर ६ बरण्डा टोलस्थित सडकबाट गाडी भोटेकोशी नदीमा खसेको आशंका गरिएको हो ।
नेपाली सेना क्रेनमा झुण्डिएर गाडी खोजी गर्ने प्रयास गरिरहे पनि खोजी कार्यमा कठिनाई भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईले जानकारी दिनुभयो ।



स्थानीयले भोटेकोशी नदी किनारामा बोलेरो गाडीको दुई वटा टायर देखेको भनि खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो । गाडी खोज्नको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा खटिएको छ ।



