जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायु प्रणाली तथा स्थानीय वायुप्रभावका कारण मौसममा बदली भई वर्षाको सम्भावना बढेको हो ।
विभागले विशेषगरी पहाडी तथा हिमाली भू–भागमा मेघगर्जन, चट्याङसहित वर्षा र केही स्थानमा असिना पर्ने सम्भावना रहेको जनाएको छ । साथै तराई तथा भित्री मधेशका केही क्षेत्रमा पनि हावाहुरीसहित हल्का देखि मध्यम वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।
मौसमविद्का अनुसार हावाहुरीका कारण दैनिक जनजीवन प्रभावित हुन सक्ने, बालीनालीमा क्षति पुग्न सक्ने तथा यात्रा प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।विभागले विशेषगरी खुला स्थानमा काम गर्ने, निर्माण कार्यमा संलग्न, तथा हिमाली क्षेत्रमा पदयात्रामा रहेका पर्यटकलाई सावधानी अपनाउन सुझाव दिएको छ । साथै चट्याङबाट जोगिन सुरक्षित स्थानमा बस्न र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।






