वर्तमान सरकार भ्ष्टाचार नियन्त्रणको कामलाई थन्काएर संबिधान दिवसको अवसर पारेर अपराधी छुटाउन सकृय भएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेले आयोजना गरेको नेपालगन्ज उपमहानगरपालिका स्तरीय भेलालाई संबोधन गर्दै सभापति लामिछानेले सरकारले भूटानी शरणार्थी प्रकरण, ललिता निवास र सुन काण्ड जस्तो भ्रष्टाचारलाई प्राथमिकता नदिई सरकार दिन दहाडै मानिसको हत्या गरेर आजीवन सजाए पाएको अपराधी छुटाउन सकृय भएको बताएका हुन् ।

उनले भ्रष्टाचामा अनुसन्धान गरिरहेका प्रहरी र न्यायाधिसलाई सारेर अनुसन्धान प्रभावित गर्न खोजेको भन्दै भन्दै २०८४ मा हुने निर्वाचनमा हिसाव किताब हुने बताए । सभापति रवी लामिछानेसंगै नेपालगन्ज आईपुगेका रास्वपाका केन्द्रीय सदस्य रमेश प्रसाईले एमसिसि एउटा एैतिहाँसिक गल्ती हो भनेर आफ्नो दस्तावेजमै उल्लेख गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पार्टी भएको बताए । राष्ट्रिय स्वतन्त्र पार्टी बाँकेले आजै नेपालगन्ज उपमहानगरपालिका स्तरीय भेलाबाट नयाँ समिति चयन गर्ने जनाईएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय