मकवानपुर । मकवानपुरमा तीन वटा सवारी एक आपसमा ठोक्किएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
काठमाडौंबाट जनकपुर जाँदै गरेको बा ३ख २७२३ नम्बरको मिनिबस र हेटौंडाबाट काठमाडौँ आउँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी भीम फेदी गाउँपालिका वडा नम्बर ४ गोल्फिनबेसीमा ठोक्किएको हो ।



बा २ ज ८० नम्बरको अर्को ट्याक्सी पनि दुर्घटनामा परेको सवारीसँग ठोक्किएको प्रहरीले जनाएको छ । घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको मकवानपुर प्रहरीले जनाएको छ । गम्भीर घाइते ६ सहित आठ जनालाई थप उपचारका लागि चितवन पठाइएको छ ।



