काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ सडक दुई दिन बन्द हुने भएको छ ।
सडक डिभिजन कार्यालय हेटौंडाको पत्र अनुसार त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको रानी भञ्ज्याङ मोडमा सडक मर्मत तथा ह्युम पाइप विच्छ्याउने कार्य गर्न लागिएकोले असार १३ गतेदेखि १४ गते (दुई दिन) सम्म उक्त सडक खण्ड बन्द हुने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ । दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुने पनि कार्यालयको पत्रमा उल्लेख गरिएको छ । प्रशासन कार्यालयले सडक बन्दको समयमा समन्वय गर्न पनि



सरोकारवालालाई आग्रह पनि गरेको छ । उक्त समयमा बैकल्पिक सडक प्रयोग गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।



