काठमाडौं । थाहा नगरपालिका ३ दोबाटो नजिक ना ३ ख ५९९० नं.को बसको ठक्करबाट मृत्यु भएका थाहा–९ का कृष्ण बलामीको आज अन्त्येष्टि गरिएको छ । काठमाडौंको पशुपति आर्यघाटमा स्व. बलामीको अन्त्येष्टि गरिएको हो ।

बलामीलाई श्रद्धाञ्जली दिन सांसद महेश बर्तौला, सभासद सुवासचन्द्र ठकुरी, नेपाली कांग्रेसका नेता जयराम लामिछाने, थाहा–९ का वडा अध्यक्ष राजकुमार बलामी, नेकपा एमाले थाहानगरका अध्यक्ष सुरेन्द्रमान प्रधान पशुपति आर्यघाट पुगेका थिए । सोमबार थाहा नगरपालिका–३ दोबाटो नजिक ना ३ ख ५९९० नं.को बस अनियन्त्रित भइ बाटोमा हिडिरहेका पैदलयात्रुलाइ ठक्कर दिदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा थाहा–९ का कृष्ण बलामी र बिष्णुपुर गाउँपालिका ५ सप्तरी स्थायी घर भै हाल झम्केश्वरी माबिका शिक्षक लोकेन्द्र कुमार ठाकुर र अहुराही गाउँपालिका–१ सिराहाका रघु नन्दन यादव रहेका छन् ।

यसैगरी, झम्केश्वरी माध्यामिक विद्यालयका शिक्षक रघुनन्दन यादव र मालपोत कार्यालय शिखरकोटमा कार्यरत कर्मचारी कमलेश कुमार शाह गम्भीर घाइते भएका छन् भने झम्केश्वरी माबिकै शिक्षक राम गुलाम चौधरी र छेवाङ लामा सामान्य घाइते भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय