काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २४ मखनटोलमा आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ ।
स्थानीय दयाराम श्रेष्ठको चार तले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । मृतकको पहिचान खुलेको छैन । मृतकको शव फेला परेको तर सनाखत हुन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ । आगलागी भएको घरसँगैको अर्को पाँच तले घरमा पनि आगो सल्केको छ ।






