काठमाडौं — नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदन भण्डारीप्रति सम्मान व्यक्त गर्दै, उनी महासचिव बन्नुको प्रक्रिया र पार्टीभित्र जबज (जनताको बहुदलीय जनवाद) को विकासक्रमबारे आफ्नो धारणा सार्वजनिक रूपमा राखेका छन्।

ओलीले भण्डारीको महासचिव चयन कुनै व्यक्तिगत आकांक्षाको परिणाम नभएर सामूहिक छलफल र निर्णयको उपज भएको उल्लेख गरे। मदन भण्डारीले कहिल्यै ुम महासचिव बन्छुु भनेर आग्रह गर्नुभएको थिएन, हामीले आन्तरिक छलफल र विश्लेषण गरेर उहाँलाई त्यो जिम्मेवारी दिएका थियौं, ओलीको भनाइ थियो। उनका अनुसार, पार्टीभित्र आम सहमतिको वातावरण पनि त्यसबेला तयार भएको थियो।

उनले जबजको सुरुवात ०४६ सालको चौथो महाधिवेशनबाट भएको उल्लेख गर्दै, यसको ऐतिहासिक मूल्यांकन पनि त्यहीँबाट गर्नुपर्ने तर्क प्रस्तुत गरे। उनका अनुसार, भण्डारीको निधन (०५० साल, जेठ ३ गते) पछि जबज अझ बढी चर्चा र बहसको विषय बन्न पुग्यो। तर जबजको औपचारिक नामकरण अघि नै त्यसले मार्गदर्शन गर्न थालिसकेको थियो।

ओलीले पछिल्ला तीन दशकलाई चुनौतीका दशकुको रूपमा व्याख्या गर्दै भने, यी तीन दशक जननेता भण्डारीले देखाएको बाटोलाई कार्यान्वयन गर्ने चुनौतीसँग गाँसिएका छन्। यो अभिव्यक्तिले ओलीले केवल पार्टी नेताको हैसियतमा होइन, मदन भण्डारीका समकालीन राजनीतिक सहयात्रीको रूपमा भण्डारीको विचारधारालाई पुनः स्मरण गराउने प्रयास गरेको बुझिन्छ। साथै, पार्टी विचार र नेतृत्व निर्माणको प्रक्रियामा छलफल, विश्लेषण र सहमतिलाई केन्द्रमा राख्न खोजिएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय