मधेश प्रदेशका नयाँ मुख्यमन्त्री कृष्ण यादवले पदभार ग्रहण गरेको खुसीयाली साझा गर्न नेपाली कांग्रेसका शीर्ष नेताहरूसँग विशेष भेटवार्ता गरेका छन्। सोमबार मुख्यमन्त्रीमा चयन भएका यादव बुधबार काठमाडौंस्थित बूढानीलकण्ठ पुगेर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता शेखर कोइरालालाई मिठाई खुवाउँदै समर्थनका लागि धन्यवाद व्यक्त गरेका हुन्।

यादव मध्यपन्थी गठबन्धनको समर्थनमा सत्ता नेतृत्वमा पुगेका हुन्। उनलाई मुख्यमन्त्री बनाउन नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी लगायत दलहरूले समर्थन प्रदान गरेका थिए। भेटका क्रममा यादवले प्रदेशमा स्थिर शासन, सेवा प्रवाहमा सुधार तथा विकास आयोजनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको स्रोतहरूले जनाएको छ।

बूढानीलकण्ठ निवासमा भएको भेटवार्तामा आगामी दिनमा केन्द्र र प्रदेशबीचको समन्वय, प्रदेश सरकारका नीति–कार्यक्रम तथा मधेशमा विकासका सम्भावित क्षेत्रमा सहकार्यबारे प्रारम्भिक धारणा आदान–प्रदान भएको पनि बताइएको छ। यादवले मधेशी जनताको विश्वास जोगाएर समावेशी र पारदर्शी ढंगले शासन सञ्चालन गर्ने प्रतिवद्धता दोहोर्याएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय