चितवन । मनकामना केबलकार आजदेखि डिजिटल प्रविधिबाट सञ्चालन भएको छ । मनकमना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो केबलकारको स्तरोन्नति र मुख्य तारको लट्ठासमेत फेर्नका लागि गत असार ३१ गतेदेखि केबलकारले आफ्नो सेवा बन्द गरेको थियो ।
२६ वर्षदेखि ‘एनालग’ प्रविधिबाट सञ्चालन गर्दै आएको केवलकार ‘डिजिटल’ प्रविधिमा रुपान्तरण गरेको हो । अष्ट्रियाको डोप्पलमेयर कम्पनीका इन्जिनियर तथा प्राविधिकको सुपरिवेक्षणमा डिजिटल प्रविधिमा रुपान्तरण गर्दै आजबाट नियमित सञ्चालनमा आएको छ ।



प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि वि.सं. २०५५ मङ्सिर ८ गतेदेखि केबलकार सञ्चालनमा ल्याइएको हो ।



