काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । बैठकमा प्रधानमन्त्री ओलीको चीन भ्रमणको तालिका तय हुन सक्ने प्रधानमन्त्रीको सचिवालयल जनाएको छ ।
मंगलबार साँझ बोलाइएको बैठक अचानक स्थगित भएपछि बैठक आज अपरान्ह ४ बजे बोलाइएको हो । प्रधानमन्त्री ओली आगामी हप्ता चीन जाने विषय बाहिरिए पनि सरकारले यसको औपचारिक घोषणा भने गरेको छैन ।



आजको बैठकमा यस बाहेक केही नियुक्ति, बढुवाका साथै केही महत्वपूर्ण निर्णय हुन सक्ने जनाइएको छ ।



