काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दिपक खड्कामाथि मन्त्रालयमै आक्रमण भएको छ । मन्त्री खड्कामाथि केही दिनअघि सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमै आक्रमणको प्रयास भएको थियो ।
बुढानीलकण्ठस्थित कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा भएको पार्टी पदाधिकारीसहित सरकारमा सहभागी मन्त्रीसँगको बैठकमा खड्काले आफुमाथि मन्त्रालयमै आक्रमणको प्रयास भएको बताउनु भएको थियो ।



केही दिन अघि मन्त्रालयबाट बाहिरिने क्रममा आफूमाथि आक्रमणको प्रयास भएको भन्दै मन्त्री खड्काले गृहमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो । मन्त्री खड्काले आफूले घटनालाई सामान्य रुपमा लिँदै हातपातको प्रयास गर्ने व्यक्तिलाई छोड्न समेत भनिसकेको र ती व्यक्ति छुटिसकेको समेत जानकारी गराउनु भयो ।
मन्त्री खड्काले आक्रमणको प्रयास गर्ने व्यक्तिको पहिचान भने खुलाउन चाहेनन् ।



