काठमाडौं । काठमाडौंको दक्षिण–पश्चिम भागमा पर्ने चन्द्रागिरि र मच्छेगाउँको मच्छेनारायण मन्दिरको बारेमा थाहा नहुने व्यक्ति सायदै होलान् । यही मन्दिरकै नामबाट यहाँको वस्तिको पहिचान रहेको छ ।

चन्द्रागिरि नगरपालिका वडा–९ मा रहेको यो मन्दिर गाउँको मध्ये भागमा रहेको शाब्दिकरुपले ‘मल’ भन्नाले मयल, फोहोर वा कस हो भने, ‘मास‘ भन्नाले महिनालाई जनाउँदछ । चन्द्रमाको तिथि, घडी, पला जम्मा भई बन्ने अतिरिक्त महिना मलमास हो । मलमासमा कुनै चाडपर्व, पुण्यकर्म आदि केही गर्न योग्य मानिदैंन । प्रत्येक ५ वर्षमा २ पटक नेपाल अधिराज्यभर यसै मन्दिरमा मात्र लाग्ने एक महिना लामो मलमासको मेलाले यसलाई प्रख्यात बनाएकोे छ ।

सुरुमा मत्स्यनारायणको नामले परिचित यो मन्दिर पछि अपभ्रंस भई मच्छेनारायण भएको मानिन्छ । यो नारायण माछाको मुखबाट उत्पति भएको भन्ने भनाइ छ । यो मन्दिरको दक्षिण पश्चिममा ढुंगाका १४ वटा धारा रहेको छ भने उत्तरमा मन्दिरको ढोका रहेको छ । २ हजार ५ सालमा सुनको गजुर रहेको र यो मन्दिरमा चोरि भएपछि पछि पित्तलको गजुर राखिएको हो । मन्दिरमा घण्ट आकारको छानो रहेको छ । मन्दिरको वरीपरी रहेकोे कुण्डलाई ढुङ्गा र इँटाको पर्खालले घेरिएको छ । नारायणको मूर्तिको दायाँपट्टी महादेव र पार्वती, बायाँपट्टी गणेश, दक्षिणतर्फ सरस्वती र उत्तरतर्फ देवगणको मूर्ति राखिएको छ ।

यो मन्दिरको वरिपरिको भौगोलिक अवस्थालाई हेर्ने हो भने पश्चिममा मातातीर्थ कुण्ड, पूर्व दक्षिणमा चम्पादेवी तथा पुष्पलाल स्मृति प्रतिष्ठान, दक्षिणमा चन्द्रागिरि, भष्मासुर पहाड जस्ता पर्यटकीय र ऐतिहासिक दृष्टिले महत्वपूर्ण स्थलहरु रहेको छ । यो मन्दिरको वरीपरी मत्स्यकुण्ड, ज्ञानकुण्ड र सुवर्णधारा नामका ३ कुण्ड रहेका छन् । विगत एक दशक बढीदेखि यहाँ पानी सुकेपछि मन्दिरको २ सय मिटर पूर्वतर्फ बोरिङ गरी कुण्डमा पानी ल्याइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय