काठमाडौं । आईसीसी यू– १९ महिला टी– २० विश्वकप एसिया छनोटअन्तर्गत आज नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध प्रतिस्पर्धा गर्दैछ । नेपालले आफ्नो तेस्रो खेल यूएईको मैदानमा बिहान सवा ११ बजे खेल्ने छ ।

प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । त्यस्तै दोस्रो खेलमा कुवेतलाई १०८ रनले हराएको थियो । प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यू–१९ महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ ।

यू–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय