काठमाडौं । मिराज ढुंगानालगायत जेनजी प्रदर्शनमा उत्रिएका छन् । आन्दोलनको घोषणा गर्दै आज काठमाडौंको माइतीघरमा उनीहरूले प्रदर्शन गरेका हुन् । माइतीघर मण्डलामा जेनजी संयुक्त आन्दोलनका नाममा भएको प्रदर्शनमा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको छ ।

प्रशासनको अनुमति नलिई प्रदर्शन गरिएको भन्दै प्रहरीले निकोलस भुसालसहित केही युवालाई नियन्त्रणमा समेत लिएको छ । प्रदर्शनकारीलाई प्रहरीले हटाउने प्रयास गरिरहेको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा र सर्वपक्षीय सरकार गठनको मागसहित भएको प्रदर्शनका क्रममा प्रहरी–आन्दोलनकारीबीच धकेलाधकेल हुँदा केही घाइते पनि भएका छन् ।

जेनजी अगुवा मिराज ढुंगानालगायतको टोलीले आजदेखि माइतीघरमा आन्दोलनको घोषणा गरेको थियो । तर प्रशासनले अनुमति नदिएपछि अघि बढ्न खोजेका ढुंगानासहितका जेनजी अभियान्तालाई प्रहरीले रोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय