वीरगञ्जको माइस्थान मन्दिर परिसरको सौन्दर्यकरण विगारेको खानेपानी संस्थानले तत्काल मर्मत गरिदिने भएको छ । महानगरका मेयर राजेशमान सिंह बिहीबार बिहान आफैँ मन्दिर परिसरको अवलोकन गर्दै विग्रिएका संरचना तत्काल मर्मत गरिदिन खानेपानी संस्थानलाई निर्देशन दिएकाहुन ।

खानेपानी संस्थानले पानीको पाइप विस्तार गर्ने क्रममा मन्दिर परिसरमा सौन्दर्यकरणका लागि लगाएको पेभर्स निकालेर जथाभावी राखिदिएको थियो । मन्दिर सौन्दर्यकरणका लागि आफूहरु लागि परेको भन्दै मेयर सिंहले खानेपानी संस्थानले महानगरसँग समन्वय नै नगरी खनिदिँदा सौन्दर्यकरण विग्रिएको बताए। संस्थानले पाइप लाइन विस्तारको काम गर्दा महानगरसँग समन्वय गरेर मात्रै गर्न पनि उनले निर्देशन समेत दिए ।

पानीको हाहाकार भएका बेला हतारमा काम गर्दा कमजोरी भएको स्वीकार्दै संस्थानका प्रमुख निरण श्रेष्ठले मर्मतको काम तत्काल गरिदिने प्रतिबद्धता जनाएकाछन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय