नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले समाजवादी मोर्चालाई दुई वर्ष सरकारको नेतृत्व गर्न दिएर बाँकी कार्यकाल काँग्रेस एक्लैले सरकार चलाउने प्रश्ताव अघि सरोका छन् । आईतवार काठमाडौंमा आयोजित १४ औं महाधिवेशनको म्याण्डेट र पार्टी रुपान्तरण सम्बन्धी गोष्ठीमा महामन्त्री थापाले माधव नेपाल नेतृत्वको सरकारमा कांग्रेस सहभागी नहुने प्रस्ताव अघि सारेका हुन् । उनले सरकारको नेतृत्व पुष्पकमल दाहालपछि माधव नेपालले गर्ने सहमति भएको उल्लेख गर्दै दुई वर्षपछि काँग्रेस एक्लैले सरकार चलाउने गरी अहिलेको मन्त्रीपरिषद्बाट काँग्रेसका मन्त्रीहरु फिर्ता बोलाएर सरकारलाई समर्थन गर्नुपर्ने बताए ।
महामन्त्री थापाले प्रदेशको लागि बनाउनुपर्ने सबै कानून बनाएर प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा पनि जोड दिए । उनले समानुपातिक निर्वाचन प्रणालीमा दलको नेताको दादागिरी भएको टिप्पणी समेत गरे ।






