बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गत असोजमा आएको बाढी पहिरोले क्षतिग्रस्त क्षेत्रको अनुगमन गरेका छन् । उनले शनिबार बेथानचोक गाउँपालिकाका बाढी पहिरोले क्षतिग्रस्त विभिन्न स्थानको अनुगमन गरेका हुन् । मुख्यमन्त्री लामाले ले पुनर्निर्माण गर्नका लागि तीनै तहका सरकारबीच सहकार्य  गरेर काम गर्न आवश्यक रहेको बताएका छन् । उनले बागमती प्रदेशका बाढी प्रभावित विभिन्न स्थानीय तहलाई लक्षित गरेर योजना बनाउने र कार्यान्वयनमा लैजाने वताए ।

मन्त्री लामाले बागमती प्रदेश सरकारले विपद्मा परेका नागरिकहरुलाई बजेट वितरण गर्ने कार्य गरिरहेको वताउँदै काभ्रेमा विपद्ले पारेको क्षतिको विवरण संकलन गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय तहबीच तालमेल मिलाउन र निर्णय गर्न बाँकी रहेको वताए ।
उनले प्रदेशले कार्यविधि अनुसार बाढीपहिरोबाट मृत्यु भएकाहरूलाई प्रतिव्यक्ति एकलाख रुपैयाँ वितरण गर्ने काम भइरहेको बताए ।

पालिका अध्यक्ष भगवान अधिकारीले राहतजन्य सामग्री एकद्वार प्रणालीबाट वितरण भएको, पालिका जोड्ने मुल सडक अस्थायी रुपमा सञ्चालनमा आएको, पालिका केन्द्र जोड्ने वडाबाट आउने शाखा सडक सञ्चालनमा आइसकेको, विपद्का कारण विद्युत पोल ३५० भन्दा बढी नष्ट भएकोमा त्यसलाई प्रतिस्थापन गरी प्रत्येक वडामा विजुली बलिसकेको जानकारी दिए ।

पालिका अध्यक्ष अधिकारीले पालिका ठुलो संकटमा परेको, पालिकाको आम्दानीको स्रोत क्रसर तथा खानीमा क्षति पुग्दा १४ करोड घाटा हुने जानकारी दिए । बाढी पहिरोमा परी बेथानचोक गाउँपालिकामा १२ जनाको मृत्यु भएको थियो भने एक जना बेपत्ता छन्। विपद्‌बाट ६२९ घर पूर्ण रुपमा क्षति र १५ सय भन्दा वटा घरमा आंशिक क्षति पुगेको जानकारी दिए । त्यस्तै १ हजार चौपाया तथा १० हजार दोपाया क्षति भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय