नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी योजनाहरूको रूपमा सातवटै प्रदेशमा मुटुरोग र क्यान्सरको उपचारका लागि विशिष्टीकृत अस्पताल सञ्चालन गर्ने कुरा सार्वजनिक गरेका छन् ।

मंगलबार बागलुङको काठेखोला गाउँपालिकामा आयोजित एक कार्यक्रममा मन्त्री पौडेलले क्यान्सरका लागि अहिले प्रत्येक प्रदेशमा अस्पताल सञ्चालनको प्रक्रिया अघि बढाएको र भविष्यमा मुटु रोगको उपचारको लागि अस्पताल सञ्चालनमा ल्याउने योजना रहेको बताउनु भयो ।

उहाँले मिर्गौला प्रत्यारोपणका लागि पनि दुई प्रदेशमा विशिष्टीकृत अस्पताल सञ्चालनमा ल्याइसकेको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा सुधारको आवश्यकताबारे कुरा गर्दै उहाँले स्वास्थ्य सेवा सुलभ बनाउन निजी अस्पतालसँग सहकार्य र नीतिगत सुधारहरूको महत्त्वमा जोड दिनुभयो । मन्त्री पौडेलले मंसिर १ देखि १४ वर्षमुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार उपलब्ध गराउने निर्णय पनि गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय