सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देशको राजनीतिक अवस्था सोचअनुसार सहज नभएको बताउनु भएको छ ।

सुर्खेत विमानस्थलमा प्रेस सेन्टरले आयोजना गरेको भेटघाट कार्यक्रममा अध्यक्ष दाहालले पछिल्लो समयमा मुलुकको राजनीतिक अवस्था झन्–झन् बिग्रँदै गएको बताउनु भएको हो ।

सरकारले ल्याएको अध्यादेशको विरोधमा विपक्षीको तर्फबाट संयुक्त वक्तव्य जारी गरेको र सरकारलाई अबिलम्ब विशेष अधिवेशन बोलाउन माग गरेपछि माघ १८ गते अधिवेशन बोलाएको जानकारी गराउनु भयो ।

आगामी अधिवेशनमा विपक्षी दलको नेताका हैसियतले सरकारका गतिविधिका विषयमा जनतामाझ केही अपिल गर्ने उहाँको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय