काठमाडौं । चन्द्रागिरि नगरपालिका–११ सतुङ्गलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल र बा.प्र. ०२–०६१ प ३८३५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा प्रदेश ३–०२–००६ प ९५३२ नम्बरको मोटरसाइकल चालक २५ वर्षीय आयुष गम्भीर घाइते हुन पुगेका थिए ।



घाइते महर्जनको एपीएफ अस्पताल बलम्बुमा उपचारका क्रममा मृत्यु भएको प्रहरी वृत्त थानकोटले जनाएको छ ।
यस्तै दुर्घटनामा घाइते भएका अर्का मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहको छ ।



