काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा प्रकरणको छानबिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । युरोप भ्रमणबाट फर्किने क्रममा त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै एकिकृत समाजबादी पार्टीका अध्यक्ष नेपालले ललिता निवास जग्गा प्रकरणमा छानबिन हुनुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने बताएका हुन ।

अध्यक्ष नेपालले ललिता निवास जग्गा प्रकरणमा आफ्नो कुनै भूमिका नरहेको दावी गरे। उनले भ्रमणमा जानु एकदिन अघि सर्वोच्च अदालतले ललिता निवास जग्गाको छानबिन प्रक्रिया अघि बढाउनु भनेर आदेश आएको भन्दै आदेश आउनु र युरोप भ्रमण तय हुनु संयोग मात्र भएको बताए। नेपालले आफू प्रधानमन्त्री हुँदा कतिपय जग्गासम्बन्धी निर्णय भएको तर भ्रष्टाचार नगरेको जिकिर गरे । नेपालले सबै विषयको कानुनी प्रक्रिया हुने र ललिता निवास जग्गा प्रकरणमा पनि कानुनले प्रष्ट्याउने बताए ।

https://nepal.agmwebhosting.com/webhosting/aff.php?aff=470

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय