काठमाडौं । मलेसियामा जारी यु–१९ वुमन्स एसिया कप क्रिकेटमा नेपालले बंगलादेशसँग सुपर–४ को अन्तिम खेल खेल्दैछ ।

भारत र श्रीलंकाबीचको खेल वर्षाले रद्द भएसँगै नेपालले तीन खेलबाट ४ अंक जोडेको हो । समान चार–चार अंक भएको बंगलादेशले पनि तीन खेल खेलेको छ । आज हुने खेलमा नेपालले बंगलादेशलाई पराजित गरे फाइनलमा स्थान सुरक्षित गर्नेछ । जारी प्रतियोगितामा भारतले भने फाइनमा स्थान सुरक्षित गरिसकेको छ ।

सुपर–४ मा नेपालसहित भारत, बंगलादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बंगलादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइलन खेल्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय