नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेपाली राजनीतिमा जो रक्षक उही भक्षक बन्ने परम्परा नै बस्न लागेको भन्दै चिन्ता व्यक्त गरेका छन । कोशी प्रदेशमा सरकार गठनको अभ्यास र अदालतको आदेशलाई संकेत गर्दै भट्टराईले हिजोका आन्दोलनकारी र संविधान निर्माताहरू पतन हुनुले लोकतन्त्रका निम्ति ठूलो अनिष्टको संकेत गरेको टिप्पणी गरेका हुन ।

अहिलेको सत्ताधारी पक्षले कोशी प्रदेशमा दुई–दुईपटक संविधान र कानुन मितेर अवैधानिक ढंगले सत्तामा टासिने हर्कत गरेको र अन्ततः सर्वोच्च अदालतले त्यसलाई डण्डित गरेको भट्टराईको भनाइ छ । भट्टराईले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्दै देशलाई सुशासन र समृद्धिको दिशामा अघि बढाउन नयाँ वैकल्पिक शक्तिको उदय अपरिहार्य भएको समेत बताएका छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय