काठमाडौं । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको बाँधस्थलमा सुक्खा पहिरो जाँदा दुई मजदुरको ज्यान गएको छ । पहिरोमा परेर अन्य पाँच जना घाइते भएको प्रहरीले जनाएको छ ।

रघुगङ्गा गाउँपालिका–४, दग्ना र वडा नं ५ झिँको सिमानामा नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगंगा हाइड्रोपावरले निर्माण गरिरहेको आयोजनाको बाँधस्थलमा एक्कासि खसेको सुक्खा पहिरोमा परेर ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जानकारी दिएको छ । पहिरोमा परेर मृत्यु हुनेमा सुजन बुढामगर र लालबहादुर सुनार रहेको पनि प्रहरीले जनाएको छ । घाइतेको विवरण भने आउन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय