काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किदै छन् ।

भ्रमणका क्रममा लामिछानेले भारतका विभिन्न उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका छन् । भेटघाटमा नेपाल–भारत सम्बन्ध, आपसी हितका विषय तथा क्षेत्रीय चासोका मुद्दामा छलफल भएको जनाइएको छ । उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री, गृहमन्त्री, भारतीय जनता पार्टीका नेताहरूलगायतसँग संवाद गरेका थिए ।

लामिछाने नेतृत्वको टोली जेठ १८ गते भारत गएको थियो । उक्त टोलीमा पार्टीका सहमहामन्त्री एवं प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल तथा प्रदीप आचार्य सहभागी थिए ।

यता, लामिछाने स्वदेश फर्कदै गर्दा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल भारत जाने भएका छन् । उनी भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा भारत जान लाग्नुभएको हो ।

नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यसहित हुन लागेको परराष्ट्रमन्त्रीको भ्रमणलाई कूटनीतिक दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय