काठमाडौँ । नेपाली चर्चित रकगायक तथा अभिनेता रविन तामाङको असार १९ गते मंगलबार निधन भएको छ । तामाङ बुढानीलकण्ठ–५ चिसेनीस्थित आफ्नै घरको कोठाको ढोका लक भएको अवस्थामा कोठाभित्रै मृत भेटिएको प्रहरीले जानकारी दिएको छ । रविनको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको छ ।
नेपाली रक ब्याण्ड ‘रविन एन्ड लुजा (रविन एन्ड दि न्यू रेभोलुसन)’का संस्थापक रविन अभिनयमा पनि पोख्त हुनुहुन्थ्यो । रविनले मुखौटा’, ‘छड्के’, ‘छड्के २’ ‘नाका’, ‘वान वे’ लगायत दर्जन बढी फिल्ममा अभिनय गर्नुभएको छ,भने हिन्दी वेब सिरिज ‘दि लास्ट आवर’मा समेत अभिनय गर्नु भएको छ । नेपाली रक गीतको विकासमा रविनको योगदान महत्त्वपूर्ण मानिन्छ । सिंगापुरमा जन्मी हुर्कनु भएका रविन सन् १९९६ मा नेपाल आए संगै उहाँले गाउनु भएको ‘दम मारो दम’, ‘केटा केटी’, ‘मेरो माया’, ‘कल्पना’मरसुरिज बेन्चमा लगायत कयौँ गीत चर्चित छन् ।






