सप्तरी जिल्लाको राजगढ गाउँपालिका–२ मा मध्यरातमा प्रहरीले गोली चलाउँदा एक स्थानीयको मृत्यु भएको छ। प्रहरी र स्थानीयबासीबीचको झडपपछि स्थिति तनावग्रस्त बनेको हो। प्रहरीका अनुसार भारतीय सीमातर्फ मदिरा तस्करी भइरहेको सूचनाका आधारमा शुक्रबार मध्यराति विशेष टोली घटनास्थलमा पुगेको थियो। सो क्रममा स्थानीय बासिन्दाले प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको जनाएको छ।

गोली लागेर स्थानीय लालु यादव गम्भीर घाइते भएका थिए। उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सप्तरी प्रहरीका प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतले पुष्टि गरेका छन्। अन्दाजी ३७ वर्षीय यादवको तिघ्रामा गोली लागेको थियो।

प्रहरीका अनुसार घटनास्थलबाट भारततर्फ तस्करी गर्न लागिएको ठूलो परिमाणको मदिरा बरामद गरिएको छ। केही दिनअघि पनि यही स्थानबाट प्रहरीले तस्करीका लागि राखिएको ठूलो मात्रामा मदिरा नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय