काठमाडौं । वरिष्ठ फोटो पत्रकार भरतबन्धु थापाको भिडियो र तस्वीर एकसाथ प्रदर्शनी सुरु भएको छ । थापाको प्रदर्शनी नयाँबानेश्वरको एन बि सेन्टरमा सुरु भएको हो ।

प्रदर्शनीमा डोल्पाका तस्वीर, भिडियोका साथै स्थानीय सामग्रीको पनि रहेका छन् । शब्द, दृश्य, चित्र र उत्पादनका माध्यमबाट संघीय राजधानीलाई कर्णाली जोड्ने दश महिने ‘कनेक्टिङ कर्णाली’ अभियानअन्तगर्त डोल्पा जिल्लाको प्रदर्शनी सुरु गरिएको थापाले जानकारी दिएका छन् । मनघरी फाउण्डेशनले आयोजना गरेको प्रदर्शनी श्रावण २६ देखि २८ गतेसम्म चल्ने छ ।


यसअघि असारमा दैलेखका तस्वीर र उत्पादनको प्रदर्शन गरेर अभियान सुरु गरिएको थियो । प्रदर्शनीमा धार्मिक, पुरातात्विक, प्राकृतिक सुन्दरतासहित डोल्पा जिल्ला झल्कने ३० वटा तस्वीर राखिएको थियो भने डोल्पा चिनाउने भिडियो प्रदर्शन गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय