काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रिय सभा निर्वाचनका लागि राजनीतिक दललाई चुनाव चिह्न प्रदान गर्ने भएको छ ।

माघ ११ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचन आयोगमा दर्ता भएका दलहरूलाई चुनाव चिह्न दिन लागेको हो । आयोगमा दर्ता भएका १२ वटा दललाई चुनाव चिह्न प्रदान गर्न लागेको हो । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि सात वटा प्रदेशको राजधानीमा निर्वाचन अधिकृत नियुक्ति र कार्यालय स्थापना गर्ने आयोगले तयारी गरिरहेको छ । आगामी फागुन २० गते राष्ट्रिय सभाका २० सांसदको पदावधि सकिँदै छ । राष्ट्रिय सभा सदस्यको पदावधि ६ वर्षको हुन्छ ।

 

राष्ट्रिय सभा सदस्यहरूको पद रिक्त हुने एक महिना अगाडि नै निर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ सोही अनुसार प्रक्रिया अगाडि बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय