काठमाडौं । नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

डीआईजी किरण राणा र डाक्टर सुन्दरप्रसाद होजु बढुवाको लागि सिफारिस भएका हुन् । बढुवा समितिको आइतबार बसेको बैठकले उहाँहरुको नाम सिफारिस गरेको थियो ।

बढुवा सिफारिस भएका जनपद प्रहरी समूहका राणा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटमा छन् भने प्राविधिक समूहका होजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय