काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ । काठमाडौंको धुम्बाराहीमा बिहान साढे ११ बजेदेखि बैठक सुरु हुन लागेको हो ।
अध्यक्ष राजेन्द्र लिङ्देनले विधानविपरीत ‘अनधिकृत’ व्यक्तिहरूलाई बैठकमा आमन्त्रण गरेको भन्दै पार्टीभित्रको एउटा समूहले बैठक बहिष्कार गर्ने तयारी गरेको छ । लिङ्देनले फागुन २१ गते सम्पन्न निर्वाचनका सबै उम्मेदवारलाई बैठकमा सहभागी गराउन खोजेपछि विवाद उत्पन्न भएको हो ।



यस्तै एकता प्रक्रियाबाट आएका कमल थापा पक्षका ६५ जनालाई पनि सहभागी गराउन लागिएको छ । केन्द्रीय समितिको बैठकमा केन्द्रीय सदस्य बाहेकका अन्यलाई सहभागी गराउनु सर्वमान्य सिद्धान्त र पद्धति विपरीत रहेको असन्तुष्ट पक्षको भनाइ छ ।



