राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले भक्तपुर जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको उर्वरा क्षेत्र भएको बताएकाछन् । बुधवार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकाहुन । उनले भक्तपुरमा राप्रपाको संगठन बलियो रहेको बताए । उनले युवा वर्ग र संगठन लाग्ने हो भने राप्रपा भक्तपुरमा बलियो शक्तिको रुपमा उदाउने जिकिर गरे । उनले भक्तपुरसहित देशभर नै राष्ट्रिय चुनावमा राप्रपाले सफलता हासिल गरेको देख्न चाहेको बताए ।

उनले भने, ‘भक्तपुर जिल्ला राष्ट्रिय प्रजातन्त्र पार्टीको उर्वरा क्षेत्र हो । यहाँको संगठन अत्यन्त दरो छ । अत्यन्त मजबुत छ । युथ कसिएर लागेदेखि एक दिन न एक दिन हामीले कुनै किसिमको राष्ट्रिय चुनावमा सफलता हाँसिल गरेको म दिलैदेखि हेर्न चाहन्छु । यो अत्यन्त राम्रो ठाउँ हो । यहाँको उर्वरा शक्ति छ ।’ सांसद जबराले भक्तपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी शक्तिशाली भएर आउने दाबी गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय