काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा आराध्यदेव पशुपतिनाथको पूजाअर्चना गर्नुभएको छ । हरेक वर्ष राष्ट्राध्यक्षद्वारा महाशिवरात्रिको अवसरमा पशुपतिनाथको पूजाआराधना गर्ने परम्परा रहँदै आएको छ ।
राष्ट्रपति पौडेललाई पशुपतिनाथ मन्दिरका मूल भट्टले चन्दन, फूलप्रसाद लगाई दिनुभएको थियो । राष्ट्रपतिलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ्, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव दीपक काफ्ले, स्थानीय नियकायका प्रमुख तथा प्रतिनिधि, गुठी संस्थानका उच्चपदस्थ अधिकारीलगायतले पशुपति मन्दिर परिसरमा स्वागत गर्नुभएको थियो ।






